परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा जिल्ला अस्पतालमा आइसियुकाे लागि २ कराेड विनियोजन
  • SNN Nepal

  • गुल्मी । गुल्मी जिल्ला अस्पतालमा ५ बेडकाे आइसियु कक्ष निर्माणका लागि अर्थ मन्त्रालयबाट दुई कराेड विनियोजन भएको छ ।

    गुल्मी क्षेत्र नं. १ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको पहलमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आइसीयु सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय मार्फत अर्थमा प्रस्ताव पेश भएको थियो ।

    यसअघि साेमबारमात्रै परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्टकाे स्थापनकाे लागि एक कराेड बजेट विनियोजन भएको थियो। जिल्लामै आईसीयू बेड स्थापना भएपछि राहत मिल्ने अपेक्षा गरिएको छ ।

    No description available.

     

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images