जेठ ११ गतेसम्म मोरङका सवै बैंक तथा वित्तिय संस्था बन्द गर्न राष्ट्र बैंकको निर्देशन

विशाल चौलागाई

  • SNN Nepal

  • विराटनगर । मोरङमा जारी गरिएको निषेधाज्ञा अवधिभर सवै बैंक तथा वित्तिय संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार सुचना जारी गर्दै राष्ट्र बैंक विराटनगरले जिल्लाभरका बैंक तथा वित्तिय संस्थाहरु निषेधाज्ञा अवधिभर बन्द गर्न निर्देशन दिएको हो ।

    आगामी जेठ ११ गतेसम्म अनलाईन बैंकिङ, एटिएम र अन–कल सेवालाई व्यवस्थित गर्दै सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्न भनिएको राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाले जारि गरेको सुचनामा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गतेदेखि ११ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

    No description available.

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images