पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा थपिए ६१ संक्रमित, ४३ जना डिस्चार्ज
  • कमला घिमिरे

  • अर्घाखाँची । अर्घाखाँचीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १७ जना, भुमिकास्थान नगरपालिकामा ८ जना, शितगंगा नगरपालिकामा २ जना, मालारानी गाउँपालिकामा १७ जना, पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित थपिएका हुन् ।

    यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,७१९ पुगेको छ । हाल ७३५ जना उपचाररत छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या ९४१ पुगेको छ ।

    अर्घाखाँचीमा थप २ जनाको मृत्यु भएको छ । यस सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images