समाजसेवी गौतमद्धारा जिल्ला अस्पताललाई १ हजार थान एन्टिजेन हस्तान्तरण
  • SNN Nepal

  • रामेछाप । निर्माण व्यवसायी तथा नेकपा एमाले बागमती प्रदेश सदस्य रत्नप्रसाद गौतमले जिल्ला अस्पताल रामेछापलाई १ हजार थान एन्टिजेन उपलब्ध गराउनु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै जिल्लाका नागरिकहरुको कोरोना परीक्षणका लागि र्यापिड टेस्ट किड उपलब्ध गराउनुभएको हो । गौतमले १ हजार थान एण्टिजीन आज साँझ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत् जिल्ला अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

    हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठले छोटो समयमै कोभिड संक्रमण पत्ता लगाउन सहज हुने बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी सैँजुले जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको उक्त सामग्रीलाई भोलि नै दुई नगरपालिकामा २ सयका दरले र बाँकी ६ गाउँपालिकामा १ सयका दरले वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विषम परिस्थितिमा नागरिकलाई सहयोग गर्न गौतम जस्तो सहयोगी व्यक्तित्वहरु जिल्लाको खाँचो छ । यस परिस्थितिको सामना गर्न जिल्लाका सबै नागरिकहरुले आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’

    निर्माण व्यवसायी तथा समाजसेवी गौतमले यस्तो विषम परिस्थितिलाई आफूले हेरेर बस्न नसक्ने भन्दै सहयोग स्वरुप एन्टिजेन उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एन्टिजेन ल्याउनु मात्रै ठूलो कुरा होइन, कतिपय कुराहरु विविध प्रक्रियाका कारण जिल्लामा आइपुग्न ढिलाई भइरहेको छ । केही दिनमा नै अन्य स्वास्थ्यका विभिन्न सामग्रीहरु समेत वितरण गर्ने तयारीमा छौं ।’ जिल्ला सचिव पुरुषोत्तम कडेरियाले नेकपा एमाले नागरिकहरुको जीवन रक्षाका लागि जस्तोसुकै त्याग गर्न पनि तयार बताउनुभयो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images