भारतमा सिंहमा पनि देखियो कोरोना भाइरस
  • SNN Nepal

  • एजेन्सी । भारतमा पहिलो पटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ। हैदराबादको नेहरू चिडिया खानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो।

    २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ।

    चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन्। तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताए ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images