मध्याह्नसम्म ३०१ मत खस्यो, ४४ जनाले मतदान गर्न बाँकी
  • SNN Nepal

  • हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत धमाधम मतदान भइरहेको छ ।

    हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा मध्याह्नसम्म ३०१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    तीनवटा मतकेन्द्रमध्ये प्रदेशसभा सांसदका लागि छुट्याइएको ‘क’ मा ८८ जनाले, स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइएको ‘ग’ मतकेन्द्रमा २४ जनाले मतदान गरेका हुन् ।

    ३४७ मतदातामध्ये विवेकशील साझाका तीन जनाले मतदान नगर्ने भएका छन् । योसँगै अब ४३ जनाले मतदान गर्न बाँकी छ ।

    मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images