दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
  • SNN Nepal

  • मोरङ । मोरङको पथरीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परेका तीन जना गम्भीर घाइते छन् ।पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
    दुर्घटनामा परि मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षे विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षे लक्ष्मी भन्ने लिलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्करपियोलाई ठक्कर दिँदा दुर्घटनामा परेको हो ।

    ट्रकको ठक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए । दुर्घटनामा परी झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षे बिकास उप्रेती, सोही ठाउँका ४५ वर्षे बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षे रोशन उप्रेती रहेको प्रहरीले जनाएको छ ।

    घाइतेको विराटनगर स्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरु बिरामी भेट्नका लागि विराटनगर तर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images