कोरोनाको दोस्रो चरणको खोपका लागि विराटनगर महानगरपालिकाले निकाल्यो सुचना
  • विशाल चौलागाई

  • विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोपका लागि सुचना निकालेको छ । कोरोनाविरुद्धको भेरोसिल पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो खोप लगाउनका लागि लगत संकलन गर्न महानगरपालिकाले सुचना निकालेको हो ।

    भेरोसिल खोपको पहिलो मात्रा लगाएको र दोस्रो मात्र लगाउनुपर्ने व्यक्तिहरुको लगत आफ्नो स्थानीयतहका स्वास्थ्य संयोजकहरु मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन अनुरोध भई आएको र भेरोसिलको दोस्रो मात्रा लगाउनेहरुको लगत तयार भएपछि यथासिघ्र प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने भएकाले आ-आफ्नो विवरण टिपाउन सुचना प्रकाशित गर्दै महानगरपालिकाले आग्रह गरेको छ ।

    No description available.

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images