माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाग्मती प्रदश राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले देखिएको हर्कतले पार्टी भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको बताएका छन् ।

    महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका हुन् ।

    वक्तव्यमार्फत पोखरेलले भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’

    महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दाबी समेत गरेका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images