रास्ट्रपति द्वारा संबिधान माथी पटक पटक घात भयो : अध्यक्ष बस्नेत
  • SNN Nepal

  • काठमाडौ । नेपाली कांग्रेसको भात्री संगठन नेपाल तरुण दलका  अध्यक्ष जित जङ बस्नेत ले रास्ट्रपति बिद्यादेबि भण्डारीले पटक पटक संबिधान  माथी घात गरेको आरोप लगाउनु भएको छ । एक बिज्ञप्ति जारी गर्दै उहाले यस्तो बताउनु भएको हो ।

    बिज्ञप्ति : 

    मिति : २०७८/०२/०६

    विषय : प्रेस विज्ञप्ती

    प्रस्तुत विषयमा संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो। देश र जनता कोरोना भाईरसको महामारी संग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपुर्ण गतिविधि हुन । कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ । संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ । साथै सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।

    जय नेपाल

    जित जङ्ग बस्नेत अध्यक्ष

    No description available.

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images