राष्ट्रपतिको आह्वानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
  • SNN Nepal

  • काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ ।

    यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।

    बैठक विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

    विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् ।

    प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images