हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • हेटौंडा । हेटौंडा अस्पतालमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा उपचाररत तीन जना पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड फोकल इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

    उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ७४ वर्षीय पुरुषको बिहीबार राति ११ः४५ बजे मृत्यु भएको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय पुरुषको शुक्रबार विहान ७ः३० बजे र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर–१ का ४६ बर्षीय पुरुषको शुक्रबार विहान ९ः३० बजे मृत्यु भएको हो ।

    मृतकहरुमा गत बैशाख २६ गते यता कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा भर्ना भएका थिए ।
    योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३८ जना पुगेको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images