कांग्रेसका यूवाहरुले गरे सिन्धुलीमा ओलीको पुत्ला दहन
  • SNN Nepal

  • काठमाडौ । असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुली कांग्रेसका यूवाहरुले शनिबार साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

    सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुलीमाडीको शान्ति नगर चोकमा कांग्रेस यूवा समूहले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

    कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाइ कदापी नस्वीकार्ने यूवाहरुको भनाइ थियो ।

    ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images