जनमोर्चाका गण्डकी प्रदेश सांसद थापालाई पार्टीले गर्याे निलम्बित
  • SNN Nepal

  • पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीले निलम्बन गरेको छ ।

    केन्द्रीय सदस्यसमेत रहेका सांसद थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको महासचिव मनोज भट्टले बताए ।

    थापाले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले कारबाही गरेको जनाएको छ । उनलाई संसदीय दलको नेताबाट पनि यसअघि नै हटाइसकेको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images