दुई युवा संगठनद्वारा निर्वाचनको स्वागत, राजनीतिक कसिंगरलाई बढार्ने चेतावनी (विज्ञप्तीसहित)
  • SNN Nepal

  • काठमाडौँ । सरकारद्वारा आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि घोषणा गरिएको निर्वाचनको दुई युवा संगठनले स्वागत गरेका छन् ।

    नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन राष्ट्रिय युवा संघ तथा जनता समाजवादी पार्टी (जसपा)को राष्ट्रिय युवा संघद्वारा आगामी निर्वाचनको स्वागत गरिएको छ । अध्यक्षद्वय बचनबहादुर सिं र मुकेस झाले संयुक्त रुपमा हस्ताक्षर गरी आज एक विज्ञप्ती जारी गरी निर्वाचनको स्वागतगरिएको छ । विज्ञप्तीमा विभिन्न बहानामा सरकारले गरेका राम्रा कामहरु देख्न नसकेर सरकारको विरोध तथा सत्ता स्वार्थका कारण मुलुकलाई बन्दी बनाउने प्रयासको कडा रुपमा खण्डन गर्दै त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्ने चेतावनी समेत दिएको छ ।

    आफ्नो स्वार्थ तथा विदेशीको इसारामा गरिएका गतिविधिहरुलाई परास्त गर्ने उल्लेख गर्दै कांग्रेस, माओवादीलागतका विक्षी गठबन्धनहरुद्वारा मुलुमा भएका तथा राजनीतिक रुपमा रहेको धुलोका कसिंगरलाई बढार्ने समेत चेतावनी दिनएको छ ।

    विज्ञप्ती : 

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images