ओली–नेपाल भेटवार्ता सकियो
  • SNN Nepal

  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ।

    काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल सकारात्मक रहेको सोहि होटेलमा उपस्थित पूर्व राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन्।

    ‘बैठक सकेर बाहिर निस्कँदा दुवै नेता हर्षित मुद्रामा देखिनुभयो, यो सकारात्मक सुरुवात हो,’ बैठक भएको होटेलमै रहेका मोतिलाल दुगडले बैठकपछि भने।

    प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका उद्योगी दुगडले आफू चाहिँ त्यहाँ दर्शक मात्र भएको बताए।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images