आगामी चार सातामा संक्रमण क्रमशः घट्छ: मन्त्री त्रिपाठी
  • SNN Nepal

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभए पनि आगामी चार सातादेखी क्रमशः संक्रमणदर घट्दै जाने बताउनुभएको छ ।

    सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’

    पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । अहिले बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images