गोली प्रहारबाट घाइते माओबादी नेता पाण्डेको अवस्था चिन्ताजनक, उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो
  • SNN Nepal

  •  

    काठमाडौ । गत बुधबार राति गोली प्रहारबाट घाइते हुनुभएका नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सोमबार साँझपख पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

    गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक छ । भैरहवा मेडिकल कलेजमा उहाँले अहिलेसम्म उपचार भैरहेको थियो । उहाँलाई थप उपचारका लागि काठमाडौं पठाइएको नेताहरुले बताएका छन् । कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले पाण्डेलाई लिन हेलिकप्टर पठाएको थियो ।

    पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।

    गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ ।

    पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

    May be an image of one or more people, people standing and outdoors

    May be an image of one or more people and outdoors

     

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images