कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट
  • SNN Nepal

  • काठमाडौँ – डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा भने १६ रनमा आउट भएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाविरुद्धको खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।

    उनले २ छक्का प्रहार गरेका थिए । मोहम्मद वाफिकको बलिङमा सियद अजिजले उनलाई क्याच आउट गरेका हुन् ।

    पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए।

    डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एक सय स्थानभित्र पनि अटाएका छन् ।

    मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images